Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देउवामाथि एमाले नेता रिजालको गम्भीर आरोप, भक्तबहादुर रोकायलाई गायब पारेकोदेखि...

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका नेता बिष्णु रिजालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई पार्टीगत सहमतिका आधारमा १३६ सांसद जुटाएर नयॉ सरकार बनाउने सुविधा भएको बताएका छन् ।

तर, नेता रिजालले जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भविष्यमा आफ्नो पार्टीको हालत पनि त्यही हुन्छ भन्ने कांग्रेसलाई याद हुनुपर्ने हो भन्दै त्यस्तो नगर्न असुझाव समेत दिएका छन्।

नेता रिजालले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै थप भनेका छन्, 'किनकि, ०५४ मा एमाले फुटाउन उत्साहसाथ लागेको कांग्रेस ०५९ मा आफैं फुटेको इतिहास पुरानो भएको छैन ।'

फेसबुकमा रिजाल लेख्छन्,  यसैपनि शेरबहादुर देउवाका नाममा सत्ताकै लागि भक्तबहादुर रोकायलाई गायब पारेको, राप्रपाका सांसदलाई बैंकक पठाएको, सांसदहरू किनेको, इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएको, सांसदलाई पजेरो सुविधा दिएको र पछि पार्टीले सरकार छाड्न निर्देशन दिंदा पार्टी नै छाडिदिएको जस्ता कीर्तिमान कायम छन् ।अवाञ्छित तरिकाले बनाएको र जोगाएको सरकार ०५३ मा आफ्नै पार्टीका दुई सांसद अनुपस्थित भएर अवाञ्छित तरिकाले नै ढालेको सम्झना हुनुपर्ने हो ।

'चारपटक प्रधानमन्त्री भइसक्नुभएका र आठ दशक पुग्न लाग्नुभएका देउवाले बहुदलीय प्रजातन्त्रलाई बद्नाम बनाउने त्यस कालखण्डलाई फेरि पछ्याउन खोज्दा लोकतन्त्र र कांग्रेसलाई कति फाइदा पुग्ला ?' उनले उल्लेख गरेका छन्।

https://www.facebook.com/bishnu.rijal/posts/10226869888879986

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077