Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम भुसालले राजिनामाको संकेत गर्दै भने- आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं सांसद घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन्।

नेता भुसालले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ भन्दै अध्यक्ष ओलीसंग आत्मसमर्पण नगर्ने उल्लेख गरेका छन्।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा राख्दै भुसालले नेपालमा संविधान जारी हुँदा असफल भएका र प्रतिनिधिसभा पुनःस्थापना हुँदा दोस्रो पटक असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा बिघटन गराएर आफूहरूसँग बदला लिन खोजेको आरोप लगाएका छन् ।

उनको लेख यस्तो छ :


हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।



आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन ।



विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।'


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077