Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुम्बिनी प्रदेश: राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी आगामी जेठ ४ गते

बुटवल। लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरिएको छ । कार्यक्रमानुसार जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

त्यसअघि जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावीविरोधको उजूरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजूरीमाथि छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, मनोनयनपत्र र उजूरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा नामावली प्रकाशन गर्ने, जेठ ८ गते नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077