Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारलाई अक्सिजन र अस्पतालको सहज व्यवस्था गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस(कोभिड -१९) संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

आज सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आदेश जारी गर्दै कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाई गर्दै नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधी, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति बनाउन पनि निर्देशन दिएको छ ।

यस्तो छ सर्वोच्चको अन्तरिम आदेश:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077