रुपन्देही । जिल्लाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्युहुनेहरु सबैजना अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत रहेका थिए । जसमा ७ जना रुपन्देहीका, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक जना रहेका छन् ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म र ४ जनाको सोमबबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको हो ।
Leave a Reply