Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • रुपेन्देहीमा थप दुई जना कोरोना संक्रमित बिरामीको मृत्‍यु

    रुपेन्देहीमा थप दुई जना कोरोना संक्रमित बिरामीको मृत्‍यु

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 2.1K
    SHARES

    रुपेन्देही । रुपेन्देहीमा बुटवल नगरपालिकाका थप दुई जना कोरोना संक्रमित बिरामीको मृत्‍यु भएको छ।

    बुटबलको कोरोना विशेष अस्पतालमा  बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका ८१ वर्षका पुरुष र बुटबल–११ का ४७ वर्षका अर्को पुरुषको मृत्यु भएको हो ।



    असोज २७ गते भर्ना भएको मोतीपुरुका ८१ वर्षका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको छ । उनी सुगर र प्रेसरका बिरामी रहेको थिए ।



    बुटबल–११ का ४७ वर्षीय पुरुष असोज २४ गते भर्ना भएका थिए । आज बिहानै भेन्टीलेटरमा राखि उपचार गर्दागर्दे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी पनि प्रेसर रोगका बिरामी थिए । यो सगै कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार