Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नयाँ सरकार गठनमा देउवाको कसरत, बूढानीलकण्ठमा डाके पदाधिकारी बैठक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक डाकेका छन् ।

मंगलबार दिउँसो बस्ने भनिएको प्रमुख विपक्षीदलको वैठकलाई पर सार्दै सभापति देउवाले बूढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक डाकेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

सचिव देउवाका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे तयारीका लागि बैठक डाकेका हुन् ।

सभापति देउवाले पदाधिकारी बैठक लगत्तै अन्य विपक्षी दलका नेताहरुसँग छलफल गर्ने तयारी गरेका छन्। यद्यपि यसको टुंगो लागिनसकेको सभापतिका स्वकीय सचिव देउवाले बताए।

यसअघि आज दिउँसो देउवाले तीनदलको बैठक डाकेका थिए  तर पहिले पार्टीको पदाधिकारी बैठक बस्ने भएपछि उक्त बैठक पर सरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077