Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘दरिद्र नेपाल दुःखी नेपाली बनाउनु भयो प्रधानमन्त्रीज्यू कसरी विश्वासको मत दिने ?’

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारका कारण कोरोना फैलिएको आरोप लगाएका छन्।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनुअघि सम्बोधन गर्दै अध्यक्ष यादवले आजभन्दा एक बर्ष अगाडि डब्ल्युएचओले नेपाललाई खतरामा राखेको बेलामा सरकारले रोकथामका लागि कुनै चासो नदेखाएको आरोप लगाएका छन्।

अध्यक्ष यादवले कोरोना रोकथाम नियन्त्रण गर्नेबेला अयोध्यापुरीमा रामसीताको मूर्ति स्थापना गरेर प्रधानमन्त्री ओलीले कोरोनाको धज्जी उडाएको बताए।

आफ्नो पार्टीका सांसदहरु राजनीतिक कारणले अहिले पनि जेलमा रहेको भन्दै नागरिकताकै कारण पनि मधेशीहरु थप दुखमा परेको यादवको भनाइ छ।

ट्रान्सपरेन्सीको सूचीमा नेपाल भ्रष्टचारको मुलुकमा अगाडि रहेको र त्यसको ढाकछोप सरकारले नै गरेको उनले बताए । सांसदहरु अपहरणदेखि निर्मला पन्त, महिला हिंसा, दलित हिंसालगायतका कुरामा सरकार पूर्ण असफल भएको उनले दाबी गरे।

मुलुकको शासन प्रणाली नै सेटिङमा चलेको भन्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने प्रधानमन्त्रीज्यू दरिद्र नेपाल दुखी नेपाली बनाउनु भयो कसरी विश्वासको मत दिने ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077