Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'प्रधानमन्त्रीज्यू, व्यापारी घराना पोस्न जनताको ज्यानलाई दाउमा लगाएको कुरा इतिहासले बिर्सिन्छ ?'

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवारीवाट टाढा रहेको बताएका छन्।

आज संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुअघि सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वर्तमान सरकारले गर्दा नै आजको यो अवस्था आइपुगेको बताएका छन्।

प्रधानमन्त्री ओलीलाई छात्तीमा हात राखेर सोच्न आग्रह गर्दै देउवाले यो महामारीमा पनि धरहरा उद्घाटन गर्न जानु मुर्खता रहेको दाबी गरे। जनताको जीबन रक्षा गर्नुपर्ने सरकारले आफै भ्रष्टाचार गर्नु कत्तिको निर्लज्जता हो ? उनले प्रश्न गरे।

यस्तै, प्रधानमन्त्री ओलीमाथि प्रश्नमाथि प्रश्न गरेका देउवाले प्रश्न गर्दै भने,'व्यापारी घराना पोस्न जनताको ज्यानलाई दाउमा लगाएको कुरा इतिहासले बिर्सिन्छ ?

प्रधानमन्त्रीको भनाइलाई नै स्मरण गर्दै देउवाले भने, प्रधानमन्त्री भन्नुहुन्छ, औषधि नपाएर कोही मर्नु पर्दैन, उनले प्रश्न गरे के अहिले सम्म मर्नेहरु नेपाली होइनन् ?

संवैधानिक परिषद सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् जारी गर्दै प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कार्यगरेको देउवाको भनाइ छ।

यस्तै, प्रधानमन्त्री ओलीकै पालामा सांसद अपहरणदेखि अन्य थुप्रै गतिबिधिहरु व्हेको भन्दै ओलीले आफुलाई संविधान भन्दा माथि राखेको देउवाले जिकिर गरे।
प्रधानमन्त्रीले अनियमिताको बचाऊ गर्दै भ्रष्टचारीलाई संरक्षण गरेको भन्दै देउवाले आफैले गरेको कार्यलाई लिएर आफैले यसो गरे उसो गरे भन्नु जायज नभएको दाबी गरे।

यस्तै, देउवाले आफुहरुले विश्वासको विपक्षमा मतदान गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077