Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

महामारीमा पनि भ्रष्टाचार हुन्छ भने त्यस्तो अपराध क्षम्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कारोना भाइरस (कोभिड–१९) को महामारीमा पनि कसैले भ्रष्टाचार गर्छ भने यस्तो अपराध क्षम्य नहुने र छानविन गरी कारबाही गरिने बताएका छन् । आज बसेको संसदको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताए ।

प्रधानमन्त्री ओलीले कोभिड महामारीमा जनताको जीवन रक्षा सरकारको पहिलो सर्त भएको पनि बताए । कोरोना खोपका विषयमा आफूमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाएका प्रधानमन्त्री ओलीले भने–‘यस्तो महामारीमा पनि यदि कसैले भ्रष्टाचार गरेको भए त्यो अक्षम्य हुन्छ र त्यस्तालाई छानविन गरेर कारबाही गरिन्छ ।’

कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने वा सरकारमाथि हिलो छ्याप्ने काम भएको भन्दै उनले भने–‘कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भए ।’

भ्याक्सिन अभाव भएपनि सरकारले दक्षिण एसियामा भारतपछि बढी खोप ल्याउन सफल भएको भन्दै उनले पीसीआर टेष्ट, आईसीयू भेन्टिलेटर व्यवस्था गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077