Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसदमा ओलीको आक्रोश : प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने, कीर्ते हस्ताक्षर गर्ने... ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान कोभिड रोकथाम र उपचारमा केन्द्रित रहेको दावी गरेका छन्।

आज संसदमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा विचार र संस्थागत वा कुनै प्रकारमा भिन्नतालाई थाँती राखेर सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भएको भन्दै प्रधानमन्त्री ओलीले कोभिड खोप खरीदमा भ्रष्टाचारमा नभएको कनेक्सनमा जोडेर अनुचित काम गरेको बताए।

‘राष्ट्रियताको पक्षमा धेरै भन्नु परेन, सम्बर्द्धन र हित भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा मैले धेरै भन्नु परेन’, ओलीले भने, ‘हामी मुलुकको स्वभिमानमाथि उठाउने सवालमा हामी चुकेका छैनौ। सत्य आफै बोल्छन्।’

त्यस्तै उनले कोरोनाको समयमा सबै एकजुट हुनु पर्नेमा त्यसो हुन नसकिरहेको बताएका छन्। कोभिडलाई पराजित गर्ने साझा उत्तरदायीत्वबाट विपक्षीहरु टाढा रहेको पनि उनले बताए।

ओलीले 'रअ'का प्रमुखसँग भेटेको र सम्झौतापत्रमा हस्ताक्षर गरेको फेक पत्रबारे आक्रोश पोख्दै ओलीले प्रश्न गरे अनअफिसियल डुकमेन्टमा कसरी हस्ताक्षर हुन्छ ? कीर्ते काममा संलग्न नहुन पनि ओलीले आग्रह गरे।

त्यस्तै, राष्ट्रियताको सवालमा अहिले प्रश्न उठ्ने ठाउँ नरहेको ओलीको भनाइ थियो । 'आज सिंगो देशमा कसैले पनि विखण्डनको राजनीति गर्दैंन । सर्वभौमसत्ता लगयातका विषयमा अब कुनै विवाद छैन,' ओलीले भने, 'हिंसाको राजनीति अन्त्य भएको छ । यी के ऐतिहासिक र ठूला उपलब्धि होइनन् ? यसैले हेर्दा सरकारलाई विश्वास गर्न नपर्ने कारणै छैन ।'

अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सुन्न सकिने बनाइएको भन्दै ओलीले सरकारलाई कुनै पनि क्षेत्रमा विश्वास नगर्नुपर्ने कारण नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077