Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीले विश्वासको मत नपाए कांग्रेस–माओवादीले नयाँ सरकारका लागि दाबी गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल भएको छ ।

प्रतिनिधिसभाको विशेष अधिवेशन शुरू हुनु केहीबेर अघि मात्र उनीहरुबीच छलफल भएको हो।

छलफलमा प्रचण्डसँग माओबादीका नेता बर्षमान पुन र देउवासँग नेता बालकृष्ण खाँणको पनि सहभागिता रहेको थियो ।

आजको बैठकमा ओलीले विश्वासको मत नपाउने भएपछि कांग्रेस र मा‌ओवादीबीच धारा ७६ को उपधारा २ अनुसार सरकार गठनमा दाबी गर्ने समझदारी गरेको नेता पुनले जानकारी दिए।

यस्तै, कांग्रेस नेता खाँडले पनि ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपतिले धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार निर्माण आह्वान गर्ने र त्यसमा दावी गर्ने समझदारी भएको र बाँकी निर्णय त्यसपछिका बैठकले गर्ने बताए ।

अहिले केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा दिउँसो १ बजे विश्वासको मत लिँदै छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077