Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् संवैधानिक निकायमा नियुक्ति सिफारिस पदाधिकारी, को कहाँ ? (सूचीसहित)

काठमाडौँ। संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी तथा सदस्यमा माधव बेल्बासे, वीरबहादुर राई , उदय सिलवाल  र  मञ्जु कुमारीलाई नियुक्त गरेको छ ।

परिषद्को आइतबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त आयुक्तमा डा.हरि पौडेल  र डा सुमित्रा श्रेष्ठको नाम सिफारिस गरेको हो। त्यस्तै निर्वाचन आयोगका सदस्यमा सगुनशम्शेर जबरा तथा प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपीनराज निरौला  र सुधाकुमारी झालाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।

राष्ट्रिय महिला आयोगका बाँकी सदस्यमा जया घिमिरे र सावित्राकुमारी शर्मा तिवारीलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।  राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी, राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा रामकृष्ण तिमिल्सेना तथा सदस्यमा पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्रीलाई  सिफारिश गरिएको छ ।

त्यस्तै आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ, मधेशी आयोगका सदस्यमा आभा कुमारी , थारु आयोगका सदस्य डा उमाशंकर चौधरी, मुस्लिम आयोगका सदस्यमा मोहमद सम्सुल हकलाई सिफारिस गरिएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परिषद्ले रिक्त संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य नियुक्त गरेको जानकारी दिए । यसअघि बसेको परिषद्को बैठकले आधा मात्र पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो । अहिले सबै संवैधानिक आयोग पूर्ण भएको छ । पदाधिकारीविहीन हुँदा आयोगहरुले संवैधानिक उद्देश्यानुरुप काम गर्न सकेका थिएनन् । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077