Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अख्तियारको आयुक्तमा पौडेल र अमात्य सिफारिस

काठमाडौं । संवैधानिक परिषदको आइतबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा अमात्यको नाम सिफारिस गरेको छ ।

बालुवाटार निकट स्रोतका अनुसार अख्तियारका तत्कालीन आयुक्त डा. गणेशराज जोशीको राजीनामा र सावित्री गुरुङको कार्यकाल सकिएपछि रिक्त रहेका दुई पदमा पौडेल र अमात्यको नाम सिफारिस भएको हो।

पौडेल राष्ट्रपति कार्यालयका सचिव हुन् भने डा. अमात्य प्राध्यापक तथा राष्ट्रिय योजना आयोगको पूर्व सदस्य हुन् ।

अमात्यले काठमाडौं महानगरपालिकाको फोहोर मैला व्यवस्थापन विभागको प्रमुख भएर काम गरेको थिइन ।

पौडेलले सार्वजनिक प्रशासनमा विद्यावारिधी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077