Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाका ठाकुर र महतोको भारतीय दूतावासमा इन्ट्री

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेताहरु एक छिनअघि बूढानीलकण्ठ पुगी काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई केपी ओलीले लिन लागेको बिश्वासको मतमा भोलि तटस्थ बस्ने संकेत दिएर फर्किएका छन् ।

सत्ता राजनीतिमा एकाएक निर्णायक बनेर उदाएको जनता समाजवादी पार्टी (जसपा) दुई खेमामा विभाजित हुँदा राजनीतिको केन्द्रीय भूमिकाबाट पाखा लागेको छ । एमालेकै माधव नेपाल समूह निर्णायक बनेर आएपछि आफूहरु पाखा लाग्नुपरेको यो पक्षको विश्लेषण छ ।

यस्तो विश्लेषण जसपाका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले अस्ति नेपाल आएका रअ प्रमुख राघव पी.भटनागर र राजदूत बिनयमोहन क्वात्रालाई सुनाएका हुन् । दूतहरुलाई भेट्न अस्ति अपरान्ह पौने पाँच बजे अलगअलग लैनचौरस्थित भारतीय दूतावास पुगेका उनीहरुले ओली सरकार थाम्न अन्तिमसम्म प्रयास गरेको तर नेपाल समूहका कारण सफल नभएको रिपोर्टिंग सुनाएको स्रोतको दाबी छ । उनीहरूका अनुसार,ओलीले अहिले जसपाबाट बिश्वासको मत लिन चाहेका छैनन् बरु जसपा अर्को सरकार गठनमा देउवाहरुलाई साथ दिन नपुगोस् भन्ने मात्र उनको ध्याउन्न देखिन्छ ।

फरक-फरक समयमा दूतावास छिरेका ठाकुर र महतो डेढ घण्टा बसेर सँगैजसो बाहिरिएका थिए । स्रोतका अनुसार सत्ता राजनीतिमा एमालेकै माधव नेपाल समूह निर्णायक बनेपछि आफूहरुले चाहेर पनि सरकार जोगाउन नसक्ने अवस्था बनेको उनीहरुले क्वात्रा र राघवलाई बताए ।

आफूहरुले साथ दिए पनि अहिले ओली नटिक्ने र आफ्नो पार्टी पनि नजोगिने बिडम्वनापूर्ण अवस्था आइलागेको उनीहरुको भनाइ थियो ।

“हाम्रो भोटले न ओलीलाई पुग्छ,न जसपाको ३२ वटै भोट एकढिक्को भएर उनलाई खस्छ ।” महतोको अन्तिम निश्कर्ष थियो । (जनआस्था साप्ताहिकबाट साभार)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077