Online Nepal
  • बुधबार, १० पुष २०८१
  • संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने सभापति देउवाको स्पष्टोक्ति (कारणसहित)

    संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने सभापति देउवाको स्पष्टोक्ति (कारणसहित)

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गरेका छन् ।

    सभापति देउवाले आज विज्ञप्तिमार्फत सरकारले संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई नै भत्काउने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाउँदै बैठकमा भाग नलिने बताए ।



    ”संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरीत, संसदीय मूल्य, मान्यता प्रतिकूल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आह्वान गर्दछु’, पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको विज्ञप्तिमा उल्लेख छ ।



    उनले कानून निर्माण र संशोधन गर्ने संसद्को आधारभूत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने गरी पटकपटक अध्यादेश जारी गर्ने काम भएको टिप्पणी पनि गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार