Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललिता निवास प्रकरण : पूर्वसचिव बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त एवं पुर्वसचिव  दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ।

सर्वोच्चले बालुवाटारको सरकारी जग्गा (ललिता निवास जग्गा) प्रकरणमा मुछिएका पूर्वसचिव समेत रहेका बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै धरौटी वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।

अख्तियारले तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला  ललिता निवास जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले आफ्नै पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077