Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ओलीले बोलाए संवैधानिक परिषद्को बैठक, अख्तियार र लोकसेवामा थप नियुक्तिको तयारी

    ओलीले बोलाए संवैधानिक परिषद्को बैठक, अख्तियार र लोकसेवामा थप नियुक्तिको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

    यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार र बुधबार जारी गरेको अध्यादेश अनुसार थप नियुक्तिको तयारीमा रहेका प्रधानमन्त्री ओलीले परिषद्को बैठक बोलाएका हुन्।



    प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् ऐन संशोधन गरी दुई जनालाई नियुक्तिको सिफारिस गर्न सक्ने प्रावधान राखिएको छ ।



    स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोगलगायत निकायमा नियुक्तिको तयारी गरेका छन् ।

    अख्तियारमा दुई आयुक्तका पद रिक्त छन् भने लोक सेवामा सबै पदाधिकारीको पद रिक्त रहेको छ । अन्य केही आयोगमा पनि सदस्य पद रिक्त भएकाले त्यसमा नियुक्ति गर्न लागिएको स्रोतले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार