Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'प्रधानमन्त्रीकै छत्रछायाँका व्यावसायीहरुले कमिसनका कारण कोरोना भ्याक्सिन रोक्नु लज्जास्पद'

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण व्यवसायीहरुले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको उल्लेख गरेका छन्।

आज बिहान सामाजिक संजालमार्फत नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीनिकटका व्यावसायीहरु बिजय दुगड र ऋतु वैद्यले कमिसनका कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको उल्लेख गरेका हुन्।

नेता कोइरालाले फेसबुकमा एउटा पोष्ट गर्दै महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका भएको भन्दै यसबाट हुने सबै क्षतिको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने बताएका छन्।

यसअघिको पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्रीनिकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको भन्दै प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्यमाथि गरेको यति ठुलो अपराध र बेइमानीको कदापि क्षमा हुन नसक्ने प्रष्ट पारेका छन्।

उनले लेखेका छन्:

'कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको छ। महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका?

पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो। देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन। यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन्।'

https://www.facebook.com/permalink.php?story_fbid=2050787885080528&id=100004480098892

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077