Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

बूढानीलकण्ठ स्रोतका अनुसार प्रधानमन्त्री ओली केहीबेर अघि देउवा निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओली एमालेका केही नेतासहित त्यहाँ पुगेको बूढानीलकण्ठ स्रोतले बताएको छ ।
स्रोतका अनुसार अहिले छलफल जारी छ ।

नेकपा माओवादी केन्द्रले आफू नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली कांग्रेस सभापति देउवलाई भेट्न पुगेका हुन् । माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र आज बिहान संसद सचिवालयमा बुझाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077