Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोना नियन्त्रण बाहिर जानसक्ने देखेपछि नेपाली सेनाको यस्तो हाइअलर्ट

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरका कारण नेपालमा पनि संक्रमिति र मृतकको संख्या दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमण तिव्र रुपमा फैलदै गएपछि नेपाली सेनाले बढ्दो स्वास्थ्य संकटलाई मध्यनजर गरी संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई बोलाउन सक्ने गरी निर्देशन जारी गरेको छ ।

नेपाली सेनाले कोरोनाका कारण स्वास्थ्य समस्या नियन्त्रण बाहिर जानसक्ने यथार्थलाई आँकलन गरी ‘रि कल टु ड्युटी’ निर्देशन जारी गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा आज बसेको विशेष बैठकले २०७२ सालभन्दा पछाडि सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेको हो ।

देशको स्वास्थ्य अवस्था र भोलिका दिनमा आइपर्ने समस्याबारे नेपाली सेनाले आवश्यक तयारी गरिरहेको जानकारी गराउँदै सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाहरुको पूर्वानुमान एवं कार्यान्वयनको लागि विभिन्न योजना तर्जुमा गरेको समेत सैनिक मुख्यालयले जनाएको छ ।

सेनामा २३ सय सैनिक स्वास्थ्यकर्मीहरु कार्यरत रहेको छन् । २०७२ सालभन्दा पछाडिका अवकाश पाएका सैनिक स्वास्थ्यकर्मीहरुको संख्या करिब ३ सय रहेको संनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी गराए ।

२०७२ सालको भूकम्पको संटकको बेलामा काम गरेको अनुभवन समेत बटुलेको हुँदा ०७२ यताका सैनिक स्वास्थ्यकर्मीहरुलाई बोलाइएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077