Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्ड र देउवाबीच टेलिफोन, ओलीले विश्वासको मत लिनेबारे छलफल

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच फोन वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि उनीहरुबीच फोन वार्ता भएको स्रोतले बताएको छ।

सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब २० मिनेट टेलिफोन संवाद भएको बूढानिलकण्ठ स्रोतले जानकारी दिएको छ।

यसअघि सोमबार काँग्रेस पदाधिकारीहरुको बैठकपछि देउवा–प्रचण्डबीच भेटवार्ता हुने कार्यक्रम तय भए पनि काँग्रेस बैठक स्थगित भएपछि अपरान्ह टेलिफोनबाटै संवाद भएको हो ।

स्रोतका अनुसार टेलिफोन वार्तामा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गर्दै लुम्बिनी प्रदेशमा देखिएको राजनीतिक संकटका विषयमा पनि छलफल भएको छ।

फोनमा अध्यक्ष प्रचण्डले निर्धक्कका साथ ओलीको विकल्पका रुपमा खडा हुन सभापति देउवालाई आग्रह गरेका थिए ।

यसैबीच, आजै पार्टी पदाधिकारी पदाधिकारीसँग देउवाले छलफल गर्दैछन् भने अध्यक्ष प्रचण्डले पनि पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077