Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइयो, एजेण्डा के ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो तीन बजे उपत्यकामा उपलब्ध स्थायी कमिटी सदसस्यहरुको बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
कोरोना महामारीको समयमा बस्न लागेको बैठकमा भौतिक दूरी कायम गरेर बसिने श्रेष्ठको भनाइ छ।

श्रेष्ठका अनुसार आजको बैठक औपचारिक नभइ अनौपचारिक छलफल भएको र सामान्य समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित हुने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077