Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो साढे ३ बजे कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका अन्य सहरी जिल्लाहरुमा लकडाउन समेत लागू गरेको छ।

यद्यपि लकडाउनमा संक्रमितको संख्या घट्नुको सट्टा झन् बढ्दै गएको छ।

यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले समसामयिक बिषय र कोभिड-१९ का विषयमा सम्बोधन गर्न लागेका हुन् ।

https://www.facebook.com/permalink.php?story_fbid=322630665910211&id=105043977668882

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077