Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बंगलादेशमा स्पिडबोट दुर्घटना हुँदा कम्तीमा २६ जनाको मृत्यु

    बंगलादेशमा स्पिडबोट दुर्घटना हुँदा कम्तीमा २६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २० बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    एजेन्सी।  बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

    स्थानीय सञ्चार माध्यमका अनुसार एउटा खचाखच यात्रुले भरिएको स्पिडबोट (तिब्र गतिमा दौडिने डुङ्गा)ले बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको थियो ।



    स्थानीय समय अनुसार बिहान ७ बजे भएको यस दुर्घटनामा अरु पनि व्यक्ति बेपत्ता भएको हुन सक्ने प्रहरी अधिकृत आशिकुर रहमानले जानकारी दिए ।



    उनले भने, ‘२६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तिब्र बनाइएको छ ।

    बंगलादेशमा हरेक वर्ष सयौं व्यक्तिको डुङ्गा दुर्घटनामा ज्यान जाने गरेको छ । एक महिना अघि गत अप्रिल ४ मा कार्गो जहाज र मानिस ओसार्ने डुङ्गा एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।

    गत वर्षको जुन महिनामा पनि यात्रुबाहक डुङ्गा अर्को फेरीसँग ठोक्किएर दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । यस शताब्दीको सबैभन्दा भयानक डुङ्गा दुर्घटना मानिएको घटनामा सन् २०१४ मा १०० जनाको डुबेर ज्यान गएको थियो ।

    बंगलादेशमा तटीय जलक्षेत्र एवं नदीहरुमा डुङ्गा मार्फत् यात्रा निकै लोकप्रिय यातायातको साधन हो । तर पर्याप्त अनुगमनको अभावमा बर्सेनि धेरै व्यक्तिको डुङ्गाहरु दुर्घटनामा परेर ज्यान जाने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार