Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द, चार्टर उडान पनि नहुने !

काठमाडौँ। नयाँ भेरियन्टको कोरोना भाइरसले महामारीको रुप लिएपछि सरकारले आज रातिदेखि आन्तरिक उडान र आगामी बैशाख २२ गतेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका थिए।

तर, यसबारे आज दिउँसो थप प्रष्ट पार्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका स्रोत व्यक्ति सहसचिव बुद्धिसागर लामिछानेले नेपाली समयअनुसार, २३ गते बिहीबार राति १२ बजेपछि नेपाल आउने र नेपालबाट हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको जानकारी दिए।

सहसचिव लामिछानेका अनुसार हाल नेपाल र भारतबीच भइरहेको उडानलाई हप्ताको ७ दिनबाट घटाएर दुई दिनमा झारिएको छ। 'भारतसँगको उडानमा थप कडाइ हुन्छ, अन्य देशमा भने बैशाख मसान्त सम्मबन्द गर्ने निर्णय भएको छ,' उनले भने।

'कोरोना महामारीको चेन ब्रेक गर्नुपर्ने भएकाले तत्काललाई भारतबाहेकका सबै मुलुकमा भइरहेका उडान तत्काल बन्द गर्ने निर्णय भएको हो,' उनले भने, 'अब पहिले जस्तो उद्धार तथा चार्टर उडान पनि हुने छैनन्।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077