Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चद्वारा दीप बस्न्यातलाई थुनामा राख्नुको कारण तीन दिनभित्र देखाउन आदेश

काठमाडौँ। सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले आज विशेष अदालतको आदेशअनुसार थुनामा रहेका बस्न्यातलाई थुनामा राख्नुको कारणसहित सूचना म्याद प्राप्त भएको मितिले बाटोको म्याद बाहेक तीनदिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातका तर्फबाट ज्वाईं प्रज्वल अधिकारीले स्वास्थ्य अवस्था प्रतिकूल भएकाले धरौटीमा रिहा भएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा शुक्रबार बन्दीप्रत्येक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । बस्न्यात थुनामै रहेको अवस्थामा कोरोना सङ्क्रमण भएर हाल चाबहिलस्थित ओम अस्पतालमा उपचाररक्त रहेका छन् ।

रिट निवेदनमा ६९ वर्ष भइसक्नुभएका उनी मुटु रोगबाट समेत पीडित रहेको उल्लेख छ । बालुवाटारको सरकारी जग्गा (ललिता निवास ) कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले बस्न्यातसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । त्यसविरुद्ध बस्न्यातले सर्वोच्चमै निवेदन दिनुभएको थियो तर मिसिल झिकाउने आदेश भएर मुद्दा विचाराधीन अवस्थामा छ । यही बीचमा बन्दीप्रत्येक्षीकरणको रिट निवेदन आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077