काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले कोरोना नियन्त्रण प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु आपत्तिजनक भएको वताएका छन् ।
कोरोना महामारीमा प्रधानमन्त्री ओली गैरजिम्मेवार बन्दै गएको नेता थापाले आरोप लगाए । स्वास्थ्य मन्त्रालयले हात उठाइसकेको अवस्थामा कोरोना नियन्त्रण प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु आपत्तिजनक भएको समेत थापाले सामाजिक सन्जालमार्फत उल्लेख गरेका छन्।
नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन। सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ। तर प्रधानमन्त्रीज्यू यो लडाइमा हामी सक्दैनौँझ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने! आपत्तिजनक छ।'
https://twitter.com/thapagk/status/1388314584516235275?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1388314584516235275%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fpahilopost.com%2Fcontent%2F20210501082634.html%3Ffbclid%3DIwAR1FGZTI6-5eMwlnyzIShwv6sqAxL1K4AJKoS5-I7bTdMQ5I-WAVmxYfLRw