Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल पक्षका २७ सांसदको खड्को टर्यो, तत्काल कारवाही नहुने

काठमाडौं। आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बोलाएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकले पार्टीका नेता माधवकुमार नेपाल पक्षले पार्टीभित्र षड्यन्त्र गरिरहेको निष्कर्षमा निकालिएको पार्टी प्रबक्ता एवं पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

आजको बैठकमा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २७ सांसदलाई कारवाही गर्ने तयारी भएको भएपनि तत्काललाई भने कारवाही नहुने भएपछि उनीहरुको खड्को टरेको छ।  बैठकपश्चात् पत्रकारहरुसंग कुराकानी गर्दै प्रवक्ता ज्ञवालीले भने, आजको बैठकले नेपाल पक्षका सांसदलाई कारबाही गर्नेबारे छलफल भएपनि तत्काल कारबाही नगरी ‘उपयुक्त समयमा गर्ने’ निर्णय भएको छ।

नेपाल पक्षको थप कारवाहीको लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको र उनीहरुको गतिविधिको आधारमा निर्णय लिइने प्रवक्ता ज्ञवालीले प्रष्ट पारे।

यसअघि शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समितिको गठन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077