Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सगरमाथाको आधार शिविरमा कोरोना संक्रमण फैलिएको भारतीय मिडियाको दाबी

एजेन्सी। कोरोना पोजेटिभ बिरामी माउन्ट एभरेष्टको आधार शिविरमा फैलन थालेको  भारतीय एक मिडियाले समाचार प्रकाशित गरेको छ। आजतकका अनुसार माउन्ट एभरेष्टको बेस क्याम्पमा बस्ने एक कोरोना संक्रमितलाई  हेलिकप्टरबाट काठमाडौंको अस्पताल लगियो। कोरोना भाइरसको बढ्दो संक्रमण अब संसारको सबैभन्दा उचाइ सगरमाथामा फैलिएको छ।

जानकारीका अनुसार माउन्ट एभरेष्टको बेस क्याम्पमा बस्ने पर्वतारोही संक्रमित भएको बताइएको छ। पछि उनलाई हेलिकप्टरबाट काठमाडौंको अस्पताल लगियो। आर्लेन्डर नेस, नामका एक आरोहीले शुक्रवार मिडिया एजेन्सीलाई जानकारी दिँदै  उनको कोरोना रिपोर्ट अप्रिल १५ मा पोजेटिभ आयो । नेसको बिहीबार बिहान अर्को परिक्षण हुँदा त्यो रिपोर्ट नकारात्मक थियो र उनी अहिले नेपालमा स्थानीय परिवारसँग बस्दैछन्।

यस अवस्थामा, अस्ट्रियन लुकास फर्नाबसलाई एक गाइडले चेतावनी दिए र यसलाई संकटको प्रतीक भने। फर्नाबसले  यदि आधार शिविरमा तुरुन्तै सावधानी अपनाई  ध्यान दिएन भने ती हजारौं आरोही, गाईडहरू तथा बेस शिविरमा रहेका सहयोगीहरू बीच कोरोना संक्रमण फैलिन सक्छ।

उनले  आधार शिविरमा अनुसन्धान  गरिनु पर्ने वताए ।  फर्नबासले  संक्रमणबाट जोगिन र यसलाई फैलिनबाट रोक्न सबै पर्वतारोहण टोलीहरूलाई अलग राख्नु पर्ने पनि वताए। उनीहरू बीच कुनै सम्पर्क हुनुहुँदैन।

यस अवस्थामा, नेपाली पर्वतारोहण अधिकारीले यस समयमा पहाडमा कुनै पनि सक्रिय केसहरू रहेको अस्वीकार गरे। पर्वतारोहण विभागका निर्देशक मीरा आचार्यले  कोरोनाको मामिला सम्बन्धी कुनै आधिकारिक जानकारी नभएको उल्लेख गरिन । उनले   निमोनिया र ज्वरोका बिरामी भने  रहेको वताइन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077