Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

किन लुकाइयो प्रधानमन्त्री ओली र नेता नेपालबीच भएको छलफलको निर्णय ?

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला ३७ दिनपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।

यसअघि दुई नेताबीच चैत २ गते आमने सामने भएको थियो । चैत २ गते धुम्बाराहीमा समूहिक वार्ता भएको थियो।

ओली र नेपालबीच बुधबार साँझ नक्सालस्थित होटल मेरिटमा भेटवार्त भएको हो ।

स्रोतका अनुसार नेपालका विश्वासपात्र बनेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट गराएका हुन् ।

दुवै नेताबीच पार्टीभित्रको जारी विवादबारे छलफल भएको बताइएपनि छलफलको विषय भने सार्वजनिक गरिएको छैन ।

छलफलमा पहिले महासचिव विष्णु पौडेल ओलीसँगै गएको भए पनि उनी केही बेरमै निस्किएपछि ओली र नेपालबीच वान टु वाट बार्ता भएको थियो ।

छलफलपछि होटलबाट बाहिरिँदै गर्दा नेता नेपालले तत्काल केही नबोल्ने प्रतिक्रिया दिएपनि दुई नेताको हाउभाउले भने विवाद समाधान गर्ने दिशा उन्मुख भएको छ ।

दुवै नेता बैठकस्थलबाट प्रफुल्ल मुद्रामा बाहिरिएका थिए । त्यसैले पनि एमले नेताहरुले नै वार्ता सकारात्मक भएको अनुमान लगाएका छन् ।

ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै दुवै नेता हँसिलो देखिनु भएकले वार्ता सकारात्मक भएको रुपमा बुझ्न सकिने बताए ।

ओलीले नेपालसहित ३२ जना सांसदलाई कारबाही गरेपछि एमाले फुटको संघारमा पुगेका बेला ओली नेपालबीच वार्ता भएको हो। महिना दिन लामो संवादहिनता पछि दुई नेताबीच वार्ता भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077