Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने...

निर्मल बाबु लामिछाने / काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता बिष्णु रिजालले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएकोमा आस्चर्य प्रकट गरेका छन्।

नेता रिजालले आफुले माओवादीको उक्त निर्णय नबुझेको भन्दै यो निर्णय हो अनिर्णय हो भन्दै प्रश्न समेत गरेका छन्।

माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएपश्चात् सामाजिक सञ्जालमार्फत् नेता रिजालले यस्तो प्रकट गरेका हुन्।

ट्वीटरमा उनले सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन नसकेको भन्दै यही संसदबाट बैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट भएको उल्लेख गरेका छन्।

'माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएछ । मैले नबुझेको- वस्तुत: यो निर्णय हो कि अनिर्णय ? जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट बैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट हुँदैन र?' उनले ट्वीटमा उल्लेख गरेका छन्।

https://twitter.com/bishnurijal1/status/1384812182827724802

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077