Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीद्वारा समर्थन फिर्ताको निर्णय गर्ने जिम्मा प्रचण्डलाई

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको छ ।

आज पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

माओवादीको उक्त निर्णयपश्चात् प्रधानमन्त्री ओलीको सरकार अब प्रचण्डको हातमा पुगेको छ।

यसअघिको बैठकमा माओवादीले सरकारलाई दिएको समर्थनबारे ठोस निर्णय लिन नसके पनि आजको बैठकमा भने उक्त निर्णय गरिएको नेता श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077