Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारी जागिर खुवाउन छोरीको उत्तरपुस्तिका सच्याउने लोक सेवाका अधिकृत अख्तियारको फन्दामा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरका शाखा अधिकृत मिम बहादुर शाहीविरुद्द विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरेको छ।

अधिकृत शाहीले नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा आफन्त (छोरी) सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याई अनियमितता गरेका थिए ।

आयोगको अनुसन्धानमा तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियतले वायु सेवा निगमतर्फको परीक्षामा प्रशिक्षार्थीले दिएको उत्तरपुस्तिका सच्याएको पुष्टि हुन आएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

शाहीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य कार्य भएकोले शाहीलाई सोही ऐनको दफा ११ अनुसार सजाय हुन मागदाबी लिई आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077