Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सर्वोच्चमा मुद्दाको चाप, सभामुख सापकोटाविरुद्धको ज्यान मुद्दा हेर्न नभ्याइने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वको संवैधानिक इजलासको पेसीमा चढेको भएपनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको हो ।

संवैधानिक इजलासमा राणाबाहेक न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

सापकोटामाथि जनयुद्धका समय काभ्रेमा मारिएका अर्जुन लामाको हत्यामा उनको समेत संलग्नता रहेको दावी गर्दै सो घटनाको अनुसन्धान अगाडि बढाइ पाउँ भनि पूर्णीमा लामाले सर्वोच्च अदालतमा दिएको निवेदन उपर आज सुनुवाइ हुन लागेको थियो ।

यसअघि लामाकी श्रीमती पूर्णिमाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्।

गत ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर त्योबेला पनि हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077