Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सगरमाथामा चढ्न हिडेका व्यक्तिमा कोरोना पोजेटिभ, पर्यटन विभाग बेखबर !

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएको पाइएको छ।

बसन्तकालिन आरोहण खुला भएसँगै हिमाल आरोहण गर्न बेसक्याम्प पुगेका आरोही दलका एकजना सदस्यमा भाइरस पुष्टि भएको पाइएको हो ।

विदेशी पत्रिका आउटसाइड म्यागजिनका अनुसार अहिले उक्त क्षेत्रमा हलचल पैदा भएको छ भने भाइरस संक्रमण पुष्टि भएका एकजना सदस्यलाई उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी काठमाडौं ल्याइएको छ ।

तर, भाइरस संक्रमणबारे पर्यटन विभागले औपचारिकरुपमा उल्लेख गरेको भने छैन ।

ती आरोहीमा संक्रमण पाइएपछि उनको आरोही दलका अन्य सदस्यलाई आधार शिविरस्थित क्वारेन्टिनमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077