Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीको बैठक आज पनि, यस्तो छ पार्टीको एजेण्डा

काठमाडौं । नयाँ सरकार गठन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै छ। यसअघि हिजो बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि बैठक पुन: आज बस्न लागेको हो।

दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा समसामयिक राजनीति, संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको आगामी योजनाबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताएका छन् ।

यद्यपी बैठकमा मुख्यगरी सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने माओवादी नेताहरुकै दाबी छ ।

पछिल्लो समय माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयास गरिरहेको छ ।

यद्यपी नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077