Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजपनि फिर्ता लिन सकेन माओवादीले ओली सरकारलाई दिएको समर्थन

काठमाडौं । नयाँ सरकार गठन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बिनानिष्कर्ष सकिएको छ।

दिउँसो एक बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे कुनै निर्णय लिन सकेन।

बैठकपछि नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि कुनै निर्णय नभएको बताए । बैठक भोलिपनि बस्नेछ ।

यसअघि नेता पौडेलले आजको बैठकमा समसामयिक राजनीति, संसद अधिवेशन अन्त्यपछिको अवस्था, सरकालाई दिएको समर्थन फिर्ताबारे  र पार्टीको आगामी योजनाबारे छलफल हुने बताएका थिए।

पछिल्लो समय माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयास गरिरहेको छ । यद्यपी नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077