Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'भारत विरोधी नाराबाट चम्किएका ओली भारतकै टाङमुनि छिरे'

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा परेको बताएका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओली भारतको शरणमा परेको बताएका हुन्।

कार्यक्रममा बोल्दै सभापति देउवाले भारतबिरोधी नाराबाट चम्किएका ओली अहिले भारतको टाङमुनि छिरेको भन्दै राष्ट्रवाद हराएको जिकिर गरे।

कम्युनिष्टहरु राष्ट्रवादी नभएर अवसरवादी रहेको टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘हिजो सबभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वम् शरणम् भएका छन्।'

उनले माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म कांग्रेसले केही गर्न नसक्ने बताए ।

माओवादीले समर्थन फिर्ता नलिँदासम्म नयाँ सरकार गठनका लागि कांग्रेस अगाडि बढ्नसक्दैन, देउवाले भने, 'अहिले ओलीको सरकार बहुमत कै हैसियतमा रहेकाले आफुहरुले केही गर्न नसकेको प्रष्ट पारे।

कार्यक्रममा सभापति देउवाले बहुमतको सरकारसँग कांग्रेसले निहुँ खोज्दैन र खोज्नु हुँदैन भन्दै देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको स्पस्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077