Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ज्यान मुद्दामा जन्मकैद ठहर भएका रेशम चौधरीलाई रिहाई गर्ने सरकारको निर्णय !

काठमाडौँ। सरकारले मधेस तथा थरुहट–थारुवान आन्दोलनका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको बालुवाटारले बताएको छ।

सरकारको उक्त निर्णयले टीकापुर घटनाका मुख्य अभियुक्त भन्दै अदालतले दोषी ठहर गरेर जन्म कैदको सजाय काटिरहेका सांसद रेशम चौधरीलगायत अन्य थारुवान आन्दोलनका नेता तथा कार्यकर्ता रिहाई हुने भएका छन्।

यसअघि नयाँ सरकार गठनका लागि विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र सरकारी वार्ता टोलीबीच वार्ता समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077