Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीको सरकारसँग कांग्रेसले निहुँ खोज्नु हुँदैन : सभापति देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म कांग्रेसले केही गर्न नसक्ने बताएका छन्।

आज देउवा निवास बूढानिलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन समारोहमा बोल्दै सभापति देउवाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्र कांग्रेस मुभ हुन सक्ने भन्दै अहिलेको स्थितिमा आफुहरुले केही गर्न नसक्ने बताए।

माओवादीले समर्थन फिर्ता नलिँदासम्म नयाँ सरकार गठनका लागि कांग्रेस अगाडि बढ्नसक्दैन, देउवाले भने अहिले ओलीको सरकार बहुमत कै हैसियतमा रहेकाले आफुहरुले केही गर्न नसकेको प्रष्ट पारे।

कार्यक्रममा सभापति देउवाले बहुमतको सरकारसँग कांग्रेसले निहुँ खोज्दैन र खोज्नु हुँदैन भन्दै देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको स्पस्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077