Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कर्णाली प्रकरण गण्डकी र लुम्बिनीमा पनि दोहोरिन सक्ने प्रचण्डको संकेत

    कर्णाली प्रकरण गण्डकी र लुम्बिनीमा पनि दोहोरिन सक्ने प्रचण्डको संकेत

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी र लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तन हुने संकेत गरेका छन्।

    शनिबार अखिल नेपाल शिक्षक संगठनको शैक्षिक अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले सरकार गठन र पुनर्गठनको प्रक्रिया अनुसार यस्तो बताएका हुन्।



    गत शुक्रबार कर्णालीमा सरकारले अविश्वासको प्रस्ताव फेल गराएको भन्दै अब गण्डकी र लुम्बिनीमा पनि सरकार परिवर्तन हुने संकेत गर्दै प्रचण्डले भने, ‘साथीहरु, हिजोमात्रै कर्णालीमा के समस्या थियो, कहाँ गएर टुँगियो ? तपाईँहरुले थाहा पाइसक्नुभएको छ।’



    त्यस्तै, उनले गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको र लुम्बिनीमा पनि सरकार परिवर्तनको लागि बहुमतको हस्ताक्षर संकलन भइसकेको प्रष्ट पारे ।

    प्रचण्डले सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनेलाई जनताले साथ दिने दाबी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र आफूहरुको कारणले आएको दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार