Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारको भित्तामा पाटन दरबार स्क्वायर !

काठमाडौँ। घरघरमा सिंहदरबार-गाउँगाउँमा सिंहदरबार।

कुनैबेला मात्र नभई प्रत्येक पटकको निर्वाचनमा राजिनीतिक दलका घोषणा पत्रमा लेखिएका अर्थात् घोषणा गरिएको मूल नारा हो -गाउँगाउँमा सिंहदरबार।

तर, पछिल्लो समय नेपालको राजनीतिक अबस्था र दलका नेताहरुले गाउँगाउँमा सिंहदरबार त परको कुरा सिंहदरबारबाट गाउँ नै बिर्सेको अनुभूति गर्न सकिन्छ।

यसैबीच, सिंहदरबारले गाउँ र गाउँका जनतालाई बिर्सेपनि उपत्यकामा रहेको पाटनदरवार स्क्वायरलाई भने काखी च्यापेको देखिन्छ।

प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सिंहदरबारको भित्तामा पाटन दरबार स्क्वायर भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर शेयर गरेका छन्।

थापाले लेखेका छन्, 'सिंहदरबारको भित्तामा पाटन दरबार स्क्वायर !'

थापाको उक्त तस्बिरमा सिंहदरबारको भित्तामा पाटन दरबार स्क्वायरको स्केच कोरिएको देखिन्छ भने उनी मस्त सोफामा बसेर मुस्कान दिएका छन्। त्यसैले उतिबेलाको नारा गाउँगाउँमा सिंहदरबार नभएर अहिले भित्ता भित्तामा दरबार भएको अनुभूति गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077