Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भारतसँगको सीमा समस्या राजनीतिक तवरबाटै चाँडो समाधान गरिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

    भारतसँगको सीमा समस्या राजनीतिक तवरबाटै चाँडो समाधान गरिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचको सीमा समस्या दुई देशबीचको राजनीतिक सहमतिका आधारमा समाधान गरिने बताएका छन् ।

    आज नेपाल भारत मैत्री सङ्घद्वारा आयोजित ‘सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण’ कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रज पुस्ताले गरेका सन्धिसम्झौताका आधारमा राजनीतिक तवरबाटै सीमा समस्या जतिसक्दो चाँडो समाधान गरिने बताए।



    ज्ञवालीले भने,“नेपाल र भारत प्रतिस्पर्धी होइनन्, एकअर्काका सहयोगी हुन्, नेपाल भारतसँगको सम्बन्धलाई उच्च महत्व दिन्छ, भारतको विकास र समृृद्धिबाट नेपालले लाभ लिन सक्छ, त्यसैले दुई देशबीचका सबै समस्या राजनीतिक सहमतिका आधारमा समाधान गर्नेछौँ ।”मन्त्री ज्ञवालीले नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध राजनीतिक, कूटनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा विस्तार गरी अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।



    आर्थिक साझेदारी र विकास परियोजनाका कारण पनि दुई देशबीचको सम्बन्ध अझ सुमधुर भएको बताउँदै मन्त्री ज्ञवालीले जलवायु परिवर्तन र अन्तरदेशीय अपराधविरुद्ध नेपाल र भारत मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार