Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक

काठमाडौं । काठमाडौंमा शनिबारबाट शुरु हुने त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक गरिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच हुने त्रिकोणात्मक सिरिजको ट्रफी आज सार्वजनिक गरिएको हो।

सोल्टी होटलमा ट्रफी सार्वजनिक भएसंगै सिरिजका निर्देशक माधव कर्माचार्यले कोरोना भाइरस महामारीबाट जोगिन होटलदेखि मैदानसम्म सबै प्रोटोकल अपनाएको जानकारी दिए।

कर्माचार्यले सिरिजमा कोरोना भाइरस महामारीबाट जोगिन पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने बताउदै खेल हेर्ने टिकट डिजिटल प्रविधिबाट लिन सकिने बताए ।

धेरै दर्शक सहभागी नगराउने र मास्क र सेनिटाइजर अनिवार्य रहेको कर्माचार्यको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077