काठमाडौँ। नेपाली फिल्मकी कुनै बेलाकी चर्चित नायिका गरिमा पन्त आमा बन्दै छिन् ।
हाल अमेरिकामा बस्दै आएकी नायिका पन्तले आफू आमा बन्दै गरेको खबर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी हुन् ।
गत चैत ३१ गते नायिका पन्तले सामाजिक सञ्जाल इन्स्टाग्राममा श्रीमानसँगको तस्बिर सेयर गर्दै लेखेकी छिन्,
‘श्रृष्टिबाट श्रृष्टिकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’
https://www.instagram.com/p/CNm5v5FHe_b/
https://www.instagram.com/p/CNsZbtMnn7z/