बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओली सत्ताका निमित्त जुनसुकै कार्य गर्नपनि पछि नहट्ने बताएका छन्।
आज प्रेस चौतारी नेपाल माधव पक्षले बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता भुसालले ओलीको कुर्सी मोह र अहंकारका कारण २०७७ साल असफल भएको बताए।
अध्यक्ष ओलीले पार्टी विभाजनतिर धकेलेको भन्दै नेता भुसालले वाम गठवन्धनको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रस्ट्याए।
कार्यक्रममा उनले पार्टीका नेताहरुलाई लखेट्दै महन्थ ठाकुरहरुसँग गठबन्धन गरेर सरकारमा टिकाउने प्रयामा ओली लागिपरेको गलत भएको बन्दै ओलीकै कारण एउटै कमिटीमा रहेर अन्तर संघर्ष गर्ने अवस्था नभएकाले पार्टीभित्रै अन्तर संघर्ष गर्दै जाने बताए ।
नेता भुसालले आउँदो चुनावसम्म पार्टीभित्र अन्तरसंघर्ष गर्दै जाने बताएका छन् ।चुनावमा टिकट वितरणका बेला महाभारतमा पाण्डवले कौरवसंग खुट्टाले टेक्ने ठाउँ मागेजस्तै माग्ने र नदिए आम कार्यकर्ताको निर्णयअनुसार अघि बढ्ने उनको भनाइ छ ।
अध्यक्ष ओलीको आफू कुर्सीमा रहिरहने तृष्णाले पहिले नेकपा र अहिले एमाले कमजोर बन्दै गएको भुसालले उल्लेख गरे।