Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

झापा। पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको छ ।

काठमाडौँको गोदावरीस्थित मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पुर्याएर फर्किने क्रममा बा२१च ७९८४ नंको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुर गोदावरी नगरपालिका–७ बस्ने घिमिरेको मृत्यु भएको हो ।

एम्बुलेन्स दुर्घटना हुँदा उनीसँगै सवार सोही वडाका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते थिए ।

दुवैलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको थियो ।

घिमिरेको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते तामाङको विएण्डसीमै उपचार भइरहेको छ ।-रासस

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077