Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सवारी दुर्घटनामा सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु

बर्दिया। सवारी दुर्घटना हुदाँ शसस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-४ सैनवार घर भएका ३६ वर्षीय तुलाराम थारु रहेको प्रहरीले जनाएको छ।

बुधबार साँझ जिल्लाको मधुवन नगरपालिका ८ शसस्त्र बेस क्याम्प नजिकै विपरित दिसाबाट आएको गाडीमा मोटरसाइकल ठोक्दिदा घाइते भएका हवाल्दार थारुको उपचारका क्रममा मृत्यु भएको हो।

मधुवन नगरपालिका-८ स्थित सडकमा भे.११ प ६५४९ नम्बरको मोटरसाइकल गुलरिया नगरपालिका-१ बस्ने ५५ वर्षीय काशीराम गोडियाले चलाएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु भएका थारु शसस्त्र प्रहरी वल नेपाल नम्बर ३१ गण गुलरिया बर्दियामा कार्यरत रहेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077