Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकार र माओवादी अझै मिलिरहेको शेखर कोइरालाको दाबी

बिराटनगर। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकार र माओवादीबीच अझै पनि साँठगाँठ रहेको आशंका गरेका छन् ।

हिजो विराटनगरमा बरगाछी युवा समूहद्वारा आयोजित गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा कोइरालाले सरकार र माओवादीबीच अझै पनि साँठगाँठ रहेको आशंका गर्ने स्थिति देखिएको बताएका हुन्।

सरकार संसद्लाई बिजनेस नदिने र सभामुख पनि बहाना देखाएर संसद् अघि बढाउन नचाहने पवृत्तिले सरकार र माओवादीबीच भित्री साँठगाँठ छैन भनेर भन्न सकिने अवस्था नरहेको कोइरालाले बताए।

प्रधानमन्त्री र सभामुखले संसद् सञ्चालनमा चासो नै नदेखाएको भन्दै कोइरालाले सरकारले बिजनेस नदिँदैमा संसद्को सबै काम नरोकिने ठोकुवा गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077